१० देशमा रादजदूत सिफारिस हुँदै


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

सरकारले १० कूटनीतिक नियोगका लागि चाँडै राजदूत सिफारिस गर्ने भएको छ । रिक्त रहेका ४ र चाँडै रिक्त हुन लागेका ६ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी मंसिर २ मा जापान भ्रमणमा जानुअघि नै रादूत सिफारिसका लागि गृहकार्य भइरहेको छ। हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली रहेको छ ।

तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ। सुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिसका लागि तयारी भएको, तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकाले अब एकै साथ सिफारिस गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com