अष्ट्रेलियामा यो वर्ष तीन हजार नेपालीले पाए स्थायी भिसा
प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार
अष्ट्रेलियामा यस वर्ष अर्थात २०१७-१८ मा तीन हजार बढी नेपालीले स्थायी भिसा पाएका छन् । अष्ट्रेलियाको स्थायी भिसा पाउने कुल १ लाख ६२ हजार ४ सय १७ मध्ये ३ हजार ६७ जना नेपालीहरु रहेका छन् ।
सबैभन्दा बढी स्थायी भिसा पाउनेमा भारतीयहरु परेका छन् । यस वर्ष ३३ हजार ३ सय जना भन्दा बढी भारतीयले अष्ट्रेलियाको स्थायी भिसा पाएका छन् । त्यसपछि दोस्रो नम्बरमा चिनियालीहरु परेका छन् ।

अष्ट्रेलियामा स्थायी भिसा पाएका धेरैको रोजाइमा न्यु साउथ व्हेल्स परेको छ । ५२ हजार २ ५१ जना यस राज्यमा बसोवास गर्न चाहेका छन् । त्यसपछि दोस्रो स्थानमा भिक्टोरिया राज्य र तेस्रो स्थानमा क्विन्सल्याण्ड परेका छन् ।
न्यु साउथ व्ह्लेस ५२, २५१
भिक्टोरिया ४१,००५
क्विन्सल्याण्ड १७,८७०
वेस्टर्न अष्ट्रेलिया १३,४८०
साउथ अष्ट्रेलिया १२, ०१७
अष्ट्रेलियन क्यापिटल टेरिटोरी ३,२७७
तस्मेनिया २,७७५
नर्थन टेरिटोरी २,४८३





