निर्मला पन्तका वुवाले न्याय नपाए देश त्याग गर्ने घोषणा गरे


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

बलात्कारपछी हत्या भएको ३ महिना नाघेपनि छोरीको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्तका वुवाले न्याय नपाए देश त्याग गर्ने घोषणा गरेका छन् । अन्य ससाना घटनाका दोषीसमेत पक्राउ परिरहेका बेला जघन्य घटनाका अपराधी पक्राउ नपर्दा सरकारले घटना दबाउन खोजेको प्रमाणित भएको उनले दाबी गरेका छन् । सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन प्रदेश राजधानी आएका पन्तले सरकारले न्याय दिन सक्दिन भनेर स्पष्ट रुपमा भनिदिए आफु नेपाल नबस्ने बताएका हुन् ।

न्यायका लागी लामो समयदेखि सडकमा आउँदा समेत सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको उनले बताए । सरकारसंग न्यायको अपेक्षाभन्दा अरु कुनै आशा नराखेको उनको भनाई छ । स्थानीय, प्रदेश र संघिय सरकारले न्याय दिने कुरामा ठुल्ठुल्ला आश्वसन दिएपनि न्याय पाउने आशा भने विस्तार मर्दै गएको पन्तले बताए । बलात्कारपछि हत्या भएको ९८ दिनसम्म पनि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका परिवारले अझै न्याय पाउन सकेका छैनन । उनीहरु अझै न्यायका लागि भौतारिरहेका छन ।

महिला अधिकारकर्मी सहित आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउदै निर्मलाका बुबा, कान्छि आमा र दिदीले चाडोभन्दा चाडो निर्मलालाई न्याय दिलाउन आग्रह गरेका छन । उनीहरुले प्रहरीलाई वर्खास्त भन्दा न्याय चाहेको भन्दै तिहारसम्म निर्मलाको हत्यारा पत्ता नलागे कडा आन्दोलनको समेत चेतावनी दिएका छन । उनिहरुले सरकारले चाडो भन्दा चाडो हत्यारा सार्वजनिक गनुपर्ने माग मुख्यमन्त्रीसंग राखेका छन् । संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केहीबेर धर्नासमेत दिएको थियो ।

ज्ञापनपत्र वुभ्mदै मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मला पन्तलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सरकारले न्यायका लागी अहिले पनि विभिन्न समती बनाएको जानकारी दिए। अपराधी प्रकाउ गर्न केहि ढिलाई भएपनि सरकार त्यसमा गम्भिर रहेको उनले बताए। निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले धनगढीको चौराह देखि मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com