नेपाली पासपोर्ट विश्वको ७९ औं शक्तिशाली


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।

ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो ।

नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com