नेपाल टेलिकमको सत्र लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराहीबाट गत असोज २३ गते नारायणघाट लैजाँदै गरेको सत्र लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा माडि गाउँपालिका– १ का २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको दाङ प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
ना ६ ख ९३४५ नम्बरको बसबाट चोरी भएको २१ दिन पछि रोल्पाको थवाङमा बिक्री गरिरहेको अवस्थामा डिएसपी रामप्रसाद घर्तीको कमान्डमा गएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
१६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पुनको प्युठान स्थित ससुराली घरबाट प्रहरीले बरामद गरेको छ । पुनले ९० हजारको कार्ड बिक्री वितरण गरिसकेको प्रहरीले जनाएको छ । पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले चोरी मुद्दा चलाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।