सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु, व्यापक प्रहरी परिचालन


प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार

सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा  ६५ वर्षीय विलास महतोको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएकाे छ ।

व्यापक प्रहरी परिचालन

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ ।   प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ । स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com