नेपाल–मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता , अब मलेसिया जाने नेपाली कामदारले शुल्क तिर्नुपर्ने नपर्ने


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

सोमबार काठमाडौँको होटल हायतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियन समकक्षी एम कुला शेघरानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा कामदारले शुल्क तिर्नुपर्ने नपर्ने भएको छ।

सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिए। त्यस्तै सम्झौतामा मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने र प्रत्यक महिनाको ७ गते तलब पाउने तथा कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुने छ।

सम्झौतामा नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनभित्र घर आउने व्यवस्था हुने कुरा पनि उल्लेख छ। नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com