डा. भट्टराई भन्छन्, ‘प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुँदैन’


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताए ।

फेसबुक र ट्वीटरमा उनले प्रश्न गरेका छन्ः ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दबाब जारी राखौँ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com