विद्यालय भवनमा डोजर, सडकमा कक्षा सञ्चालन


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ । जनकपुर–२१ कुर्थास्थित राजर्षि जनक माविका शिक्षक तथा विद्यार्थीले सडकमै डेस्क–बेन्च र सेतोपाटी राखेर पठनपाठन गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विद्यालय भवन सात महिनाअघि नै भत्काइएको हो । वडाध्यक्ष रामेश्वर महासेठको आदेशमा सडक विस्तारका लागि भवन भत्काएपछि भवन अभाव हुनुका साथै धुलोका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए । उनले भने, ‘धूलो र हल्लाले पढाइमा बाधा त भयो नै, विद्यालयको भवन भत्काएर विकल्पसमेत नसोचिएकाले बाध्य भएर विरोध गर्नुपरेको हो ।’

कक्षा सञ्चालनका लागि सडकको दुवैतर्फ ढाट राखेर अवरोध गरिएको थियो । एकपटकमा दुईवटा कक्षा सञ्चालन गरिएको थियो । सडकमै पढाइएपछि रमित हेर्नेको भिड लागेको थियो ।

विद्यालयलाई हाल २३ कोठा आवश्यक रहेको प्रधानाध्यापक यादवले बताए । उनका अनुसार कक्षाकोठाका लागि १५ तथा शिक्षकहरू, प्रशासन, लेखा, प्रयोगशाला, कम्प्युटर कक्षालगायतका लागि थप आठ कोठा चाहिन्छ । अहिले कक्षाकोठाकै लागि कोठा नपुगेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४२ फिट चौडा सडकलाई विद्यालयलाई समाप्त गर्ने मनसायले ७० फिट बनाइएको प्रधानाध्यापक यादवको दाबी छ । उच्च अदालत जनकपुरबाट विद्यालयको भवन नभत्काउन ‘स्टे अडर’ आए पनि वडाध्यक्ष आफैँ उभिएर भत्काइएको उनले बताए ।

यता वडाध्यक्ष महासेठले भने प्रधानाध्यापक आफैँले भवन भत्काउन लगाएको दाबी गरे । उनले भने, ‘मेरो परिवारले विद्यालयका लागि जग्गादान गरेको छ, म नै कसरी विद्यालय भत्काउँछु रु प्रधानाध्यापक आफैँले ७० हजार रुपैयाँमा टेन्डर लगाएर विद्यालय भत्काएको हो ।’ यादवले विद्यालयका कुनै पनि निर्णयमा आफूसँग समन्वय नगरेको पनि बताए ।

तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताएका छन् । केही दिनअघि सो ठाउँका स्थानीयले वडाध्यक्षविरुद्ध प्रदर्शन गर्दै जनकपुर उपमहानगरपालिका घेराउ पनि गरेका थिए ।

वडाध्यक्ष रामेश्वर महासेठ र प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले एक–अर्कालाई विद्यालय भवन भत्काएको आरोप लगाएका छन् । सडक विस्तारको नाममा वडाध्यक्षले नै विद्यालयको भवन भत्काएको प्रधानाध्यापक यादवको आरोप छ । तर, वडाध्यक्ष महासेठले भने प्रधानाध्यापकले नै ठेक्का दिएर भवन भत्काउन लगाएको दाबी गरेका छन् । तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com