झापामा अब माघ १ गतेदेखि मदिरा खान नपाइने


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

माघ १ गतेदेखि झापालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रुपमा घोषणाका गर्न सरोकारबाला निकायले सामूहिक १२ बुँदे प्रतिवद्धता जनाएका छन् ।

झापाको कन्काई नगरपालिकामा बुधवार जिल्ला प्रहरी कार्यालय झापा र सरकारी वकिल कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको झापामा अपराधको स्थिति, कारणहरु र निराकरणमा सरोकारवाला निकायको भूमिका बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबाला निकायले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

झापाका अधिकांश अपराधिक घटनाहरु मादक पदार्थ सेवनबाट हुने गरेको निष्कर्श जारी गरिएको १२ बुँदे प्रबिवद्धतामा यस्ता बुँदाहरु छन् ।

१. विद्यमान कानून कार्यान्वयन कडाईका साथ गर्न सामुहिक प्रतिबद्धता सुनिश्चितता गर्ने
२. मदिरा बिक्री केन्द्रको संख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय (१० बजेलाई) सशोंधन गर्न पहल गर्ने
३. तोकिएको उमेरका व्यक्तिहरुलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्धारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको परिचय अनिवार्य गर्ने
४. स्थानीय प्रशासन तथा स्थानीय तहबाट स्वीकृत दिने मेलापर्व, कार्यक्रम, कन्सर्टहरुमा मदिरा बिक्री वितरण निषेध हुने गरी मात्र स्वीकृति दिने
५. जिल्ला, नगर तथा वडा स्तरीय मदिरा नियन्त्रण अनुगमन समिति बनाई निरन्तर अनुगमन गर्ने
६. अस्पताल, मन्दिर, शैक्षिक संस्थाहरुको निश्चिात दुरी भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने
७. संचारमाध्यमहरुले मदिराजन्य पदार्थहरुको प्रयोगलाई नियन्त्रण गर्ने प्रकृतिका सामाग्रीहरु प्रकाशन र प्रशारण गर्ने कार्यलई बिशेष प्राथमिकता दिने
८. नेपाल–भारत सीमानाको निश्चित (५०० मिटर) दुरी भित्र मदिराजन्य पदार्थ विक्री वितरण गर्न निषेध गरिने
९. मदिराजन्य पदार्थ उत्पादन गरी जीबिकोपार्जन गर्ने परिवार पहिचान गरी बैकल्पिक व्यवस्था गर्ने तर्फ स्थानीय तहबाट बिशेष पहल गरिने
१०. नीति निर्माण, कार्यान्वयन र अनुगमन गर्ने निकायले आपसी समन्वयका आधारमा मदिरा नियन्त्रण कार्यलाई थप व्यवस्थित बनाउने
११. झापा जिल्लाका १५ वटै स्थानीय निकायहरुले आपसी समन्वय गरी कम्तिमा एउटा सुधार तथा पुनः स्थापना केन्द्र स्थापना गर्नका लागि आवश्यक पहल गर्ने
१२. जिल्लालाई माघ १ गते देखि मदिरा नियन्त्रित जिल्लाको रुपमा घोषणा गर्न बिभिन्न छलफल, अन्तरक्रिया, प्रचारप्रसार गरिने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com