जापानले एक अरव ८५ करोड अनुदान सहायता गर्ने समझदारी


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

जापानले विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अरव ८५ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराईने सो आर्थिक सहायतासम्बन्धि सम्झौंता पत्रमा बिहिबार हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच गरिएको सम्झौंता अनुसार आगामी सन् २०२० भित्र विपी राजमार्गको १ सय ६० किलोमिटर भित्रको २० ठाउँमा भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्नेछ । सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले विपी राजमार्ग पुनर्निर्माणका लागि सो अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत साईगोले नेपालको कृषि, पर्यटन र विद्यालय तहको बालबालिकाको पठनपाठनलाई सहज बनाउन विपी राजमार्ग पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताउनु भयो । उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले सो राजमार्ग अन्तरगत २० वटा ठाउँ भाँसिएको थियो । जापान सरकारकै आर्थिक सहायतामा निर्माण गरिएको सो राजमार्ग २०७१ सालदेखि संचालनमा आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com