‘पूर्वी अलेप्पोमा सैन्य कारबाही स्थगित’


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

रुसी विदेशमन्त्री सेरगेई लाभ्रोभले, सिरियाली सेनाहरुले पूर्वी अलेप्पोमा आफ्ना सैन्य कारबाहीहरुलाई स्थगित गरेको बताएका छन्। युद्ध क्षेत्रमा फसिरहेका सर्वसाधारणलाई अन्यत्र जान दिनका लागि उक्त स्थगन गरिएको बताइएको छ। पूर्वी अलेप्पोमा फसिरहेका करिब ८ हजार मानिसहरुलाई त्यहाँबाट उद्दार गर्न लागिएको रुसी विदेशमन्त्रीले बताएका छन्।

जर्मनीमा भइरहेको युरोपेली विदेशमन्त्रीहरुको बैठकका क्रममा रुसी विदेशमन्त्री सेरगेइ लाभ्रोभले सिरियाको पूर्वी अलेप्पोमा सैन्य कारबाही रोकिएको बताएका हुन्। उनले अमरिकी र रुसी सेनाका विज्ञहरुले अलेप्पोमा हिंसा अन्त्य गर्नेबारे आउँदो शनिबार जिनिभामा छलफल गर्न लागेको पनि जानकारी दिए।

लाभ्रोभले भने, “म भन्न सक्छु कि पूर्वी अलेप्पोमा जारी सिरियाली सेनाको सक्रिया सैन्य कारबाही आज स्थगित भएको छ। किनभने जारी कारबाहीबाट उम्कन पूर्वी अलेप्पो छोड्न चाहने सर्वसाधारणहरुको सबैभन्दा पछिल्लो र ठूलो बहिर्गमन जारी रहेको छ।”
यद्यपी अलेप्पो नजिकै रहेका बीबीसी संवाददाताले लडाईँ कम भएको जस्तो देखिए पनि पूर्ण रुपमा रोकिएको संकेतहरु भने नदेखिएको बताएका छन्। रूसको यो घोषणा त्यस्तो बेला आएको हो जतिबेला पूर्वी अलेप्पोमा रहेका दशौं हजार मानिसहरु जुनसुकै उपलब्ध मार्गको प्रयोग गर्दै सुरक्षित स्थानमा भागिरहेका छन्।

अमेरिकाले सिरियाली फौजको उक्त निर्णयको स्वागत गर्दै त्यसले सकारात्मक केही हुनसक्ने संकेत गरेकोले आफूले ‘पर्ख र हेर’को नीति लिएको जनाएको छ। अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ताले यसबारे लाभ्रोभले अमेरिकी विदेशमन्त्री जन केरीसँग कुरा गरेको बताइन्।
विद्रोहीको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा रहेका सर्वसाधारणहरुलाई सहायता सामग्री पुर्याउन र उनीहरुलाई त्यहाँबाट अन्यत्र जान दिनका लागि युद्धविराम गर्नेबारे छलफल भएको उनले बताइन्। तर शनिबार हुने भनिएको प्राविधिक छलफलको प्रकृति कस्तो हुन्छ भन्नेबारे भने अझै निर्णय हुन बाँकी रहेको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्कमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत स्टाफान ड मिस्टुराले यदि लडाईँ रोकिए शान्तिवार्ताले पुन: निरन्तरता पाउनसक्ने बताए।
तर उनले सैन्य शक्तिबाट जित हात पारे पनि शान्ति कायम गर्न अलग्गै प्रयास हुनुपर्ने धारणा राखेका छन्। चार वर्षअघि विद्रोहीको कब्जामा पुगेको पूर्वी अलेप्पोमा हालैका साताहरुमा सरकारी फौजले झण्डै ७५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ।

सरकारले आफ्नो प्रभाव बढाउँदै लगेपछि यसै हप्ता विद्रोही लडाकुहरुले सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्ने मौका दिन पाँचदिनको युद्धविराम गर्न दिन आह्वान पनि गरेका थिए। तर दुवैपक्षले एकअर्काले युद्धविरामलाई शक्ति आर्जनको मौकाका रुपमा प्रयोग गर्ने र जुनसुकै बेला पनि त्यहाँ लडाईँ शुरु हुनसक्ने भन्दै शंकाहरु व्यक्त गरेका छन्। -बिबिसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com