बिरामीसँग नर्सले टीका लगाएको तस्बिर भयो भाइरल


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

शुक्रबार बिहान दशैको शुभ साइतपछि एउटा फोटो एकाएक फेसबुकमा लोकप्रिय भयो । विजयादशमीको शुभ साइत (९ बजेर ५१ मिनेट) को १ घण्टापछि अपलोड भएको तस्बिरलाई धेरैले मन पराए ।

अस्पतालको २०७ नम्बरको शैयाका बिरामीले टीका लाएको तस्बिरमा देखिन्छ। सो तस्बिरमा वृद्धले लगाइदिँदै गरेको अक्षताको थाली अर्का व्यक्तिले समाएका छन् । थाली समाउनेको हात मात्रै देखिन्छ । भित्तामा रहेको धड्कन नाप्ने यन्त्रको मोनिटरले प्रतिमिनेट १३० पटकका दरले मुटु धड्किएको देखाएको छ ।

मानिसको मुटुको सामान्य धड्कन प्रतिमिनेट ७२ पटकदेखि १०० पटकसम्म मानिन्छ । तर, ती वृद्ध बिरामीको धड्कन असामान्य थियो । यस्तो असामान्य अवस्थामा पनि ती वृद्धले सामान्य भएर मुस्कुराएर टीका लगाइरहेका छन् ।

समिता मिश्रले यो मन छुने तस्बिर आफ्नो फेसबुकको भित्तामा पोस्ट गर्दै ‘आज इन्टरनेटमा आएको सबैभन्दा आकर्षक तस्बिर’ भनिन् । झापाकी कवि सम्पदा रिजालले मिश्रभन्दा एक कदम अगाडि बढेर लेखिन्, ‘वर्षकै उत्कृष्ट तस्बिर ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो छ सो तस्बिरको कथा- तस्बिरमा देखिएका वृद्ध हुन् ८० वर्षीय गणेशबहादुर श्रेष्ठ । नेपाल क्यान्सर अस्पतालमा पित्तथैलीको क्यान्सरको उपचार गराइरहेका छन् श्रेष्ठ । श्रेष्ठसँग दशैंको टीका लगाउन अस्पतालको शैयामै पुग्छन् आफन्तजनहरू ।

११ बजे असापास श्रेष्ठले आफन्तलाई टीका लगाइरहेकै अवस्थमा ड्युटी गर्न पुगिन् नर्स विनिता खतिवडा । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोकी खतिवडाले पनि त्यही बेलामा टीका लगाइन् ।

११ बजेदेखि ७ बजेसम्म गर्नुपर्ने ड्युटीमा आएकी उनलाई टीका लगाउने जाँगर चल्नुमा उनले यस पटक घरमा गएर दशैं मान्न नपाएर हो । यही वर्षको असारबाट मात्रै सो अस्पतालमा जागिर शुरु गरेकाले घर जान नपाएको खतिवडाले बताइन् । उनले भनिन्, ‘म ड्युटीमा पुग्दा टीका लगाएको देखँे र मैले पनि लाएँ ।’

भक्तपुरको ठिमीमा डेरा गरी बस्ने खतिवडाले आफूले दशैं मान्न नपाएको रहर आफ्ना वृद्ध बिरामीबाट पूरा गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘दशैंमा टीका लाउने र आशीर्वाद लिने हो । मैले उहाँबाट त्यो दुवै गरेँ । मैले ड्युटीमै दशैं मनाउन पाएँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com