नवलपरासीमा बिहानै डरलाग्दो बस दुर्घटना: ६ जनाको मृत्यु, ३६ जना घाइते


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

नवलपरासीमा आज विहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । ५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारको क्रममा पुरानो मेडिकल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

धरानबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नंको बस आज बिहान ५ बजे आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका २७ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com