विजया दशमीसँगै नदी सफाइबाट तीन टन फोहर संकलन


प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार

नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार स्व. रामकेशर बोगटीको निधनको आज १२औं दिनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सफाइ कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्व. बोगटीका योजना तथा अधुरा काम सम्पन्न गर्नु नै उहाँको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन सफल हुनुभएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी करीव २०० जना रहेको उक्त सफाइ अभियानबाट आज करीव तीन टन फोहर संकलन गरिएको मनोहरा सफाइ सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाइका उत्प्रेरक रुद्र पौडेलले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com