२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

खुशिको खबर: टीकाको दिन सेनाको निःशुल्क यात्रुबस, शेयर गरेर सबैलाई जानकारी गराउनुहोला ( यस्तो छ रुट )

दसैँका कारण राजधानी उपत्यकामा न्यून सार्वजनिक सवारी चल्ने भएपछि नेपाली सेनाले टीकाको दिन निःशुल्का यात्रु बस चलाउने भएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउन यात्रु बस चलाउन लागिएको जनाएको छ ।नेपाली सेनाले उपत्यकाका विभिन्न ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १-१ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

यस्तो छ रुट

(क) रुट नं.१: भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं.२: भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं.३: भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं.४: भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं.५: भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट ।

(च) रुट नं.६: भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

(छ) रुट नं.७: भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं.८: भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।