कांग्रेस नेता चक्र बाँस्तोलाको निधन


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । नेता बाँस्तोलाको शनिबार निधन भएको पारिरवारिक स्रोतले जनाएको छ ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए। कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन। दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला। उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com