आफैलाई कालो झण्डा देखाउने र जुत्ता हान्नेलाई जोगाए बाबुरामले


प्रकाशित मिति : मंसिर २३, २०७३ बिहीबार

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफूतिर जुत्ता प्रहार गर्ने र कालो झण्डा देखाउने युवालाई नै हुलमुलबाट जोगाएका छन् । डा भट्टराईलाई कालोझण्डा देखाएपछि नयाँ शक्तिसम्बद्ध विद्यार्थीहरुले ती युवकलाई हातपात गर्न खोज्दा भट्टराईले संयमतापूर्वक परिस्थितिलाई सम्हालेका थिए ।

बिहीबार पृथ्वीनारायण क्याम्पस पोखरामा मा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक युवकले डा भट्टराईलाई कालो झण्डा देखाएका थिए ।

सञ्जिव भट्टराई नाम गरेका ती युवाले कालो झण्डामात्र देखाएनन्, आफैँले लगाएको जुत्ता फुकालेर मञ्चतिर फाले पनि । यद्यपी उनले फालेको जुत्ता मञ्चमा सम्बोधन गरिरहेका डा। भट्टराईको आसपासमा पनि पुगेन ।

जुत्ता प्रहार गर्ने युवकले शीर्ष नेताहरुले देश बिगारेकाले भट्टराई पनि शीर्ष नेतामध्ये एक भएकाले जुत्ता प्रहार गरेको बयान प्रहरीमा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्दा जुत्ता हान्ने सोच बनाएको उनले बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के भने भट्टराईले ? (भिडियो समेत)

‘भट्टराईले सम्बोधन गरिरहँदा एक्कासी होहल्ला सुरु भयो ।

त्यसपछि भट्टराईले मञ्चबाटै भने – ‘ छोड्दिनुस्, छोड्दिनुस् केही हुँदैन ।……ए भाइ देखाउनुस्, देखाउनुस् ।…..ए भाइ त्यसो नगर हेर्न देऊ–देऊ ।……ए भाइ मैले देखेँ तपाईंको । देखाउन दिनुस्, केही फरक परेन ।…..हामी सबैले कालै लुगा लगाएका छौँ, मैले पनि लगाको छु, त्यो एउटा कालो टुक्रोले केही फरक पर्दैन ।……गर्न दिनुस्, ए भाइ नलखेट्नुस् । ठीक छ पख्नुस्, पखनुस् हामी सबै कालै छौँ ।…….. उहाँले सानो कालो झण्डा देखाइराख्नुभाछ, मैले देखिसकेँ ठीक छ । हुन दिनुस् उहाँलाई ।……….त्यसैले साथीहरु म के आग्रह गर्न चाहन्छु भने यो पनि एउटा स्वरुप हो । शान्तिपूर्ण ढंगले विरोध अभिव्यक्त गर्न पाउँछ । आफ्नो विचार व्यक्त गर्ने कुराको हामी सम्मान गर्छौँ । म उहाँलाई सम्मान गर्छु, तपाईंले अन्यथा नलिनुस् ।’

सम्बोधनका क्रममा भट्टराईले देशलाई समृद्ध बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमलाई संयोजक डा भट्टराईसहित संगठन विभागप्रमुख देवेन्द्र पौडेल, प्रदेश नं। ४ संयोजक वलावति शर्मा, नेतृ करिश्मा मानन्धर लगायतले सम्बोधन गरेका थिए ।

साझा पोष्टबाट 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com