प्रधानमन्त्री ओलीले प्रत्येक महिना दुई करोड आफ्ना आफन्तलाई बाढिरहेका छन् : राधाकृष्ण मैनाली


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

काठमाडौं-७ का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा गरेर वामदेव गौतमलाई सांसद बनाउने घोषणा गरेपछि त्यसले केहिदिन नेपालको राजनीति तरंगित बनायो।चर्को आलोचना र विरोधपछि वामदेवले चुनाव नलड्ने भन्दै पछि हटेका छन्।

वामपन्थी नेता राधाकृष्ण मैनालीले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै भने-‘वामदेव गौतमले काठमाडौं-७ बाट उपनिर्वाचनमा उठ्न खोज्नुको मुख्य कारण प्रधानमन्त्री केपी ओलीलाई घेराबन्दीमा पार्नको लागी हुनसक्छ। यसको लागी उनलाई पार्टी भित्र अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताले प्रयोग गरेका हुनसक्छन्।’

चुनावको बेलामा वामपन्थीको जस्तो लोकप्रियता थियो अहिले त्यो लोकप्रियता खस्केर आधामा झरेको मैनालीको भनाई छ।

वामदेवले चुनाव लड्ने कुराले नेकपा भित्र गुटगत विवाद बढ्छ।यदि वामदेव गौतमले चुनाव लडेर जितेका भए प्रधानमन्त्री ओली झन् कमजोर हुन्थे र पार्टीभित्रका प्रतिपक्ष झन् सशक्त बन्ने मैनालीको भनाई छ।

प्रधानमन्त्री ओलीको गलत कार्यशैली र अलोकप्रिय कामका विरुद्ध सारा मिडियाहरु ओलीको विरुद्ध लागेको मैनाली बताउँछन्।

प्रधानमन्त्री ओलीको भनाई र गराईले अनिष्टको संकेत गरेको र दुई तिहाईको सरकार भएर पनि जनताको हितमा काम गर्न नसकेको आरोप मैनालीले लगाए।

मैनालीले अगाडि भने-‘हिजो पंचायत र कांग्रेसको सरकार हुँदा राज्यको ढुकुटि बाढिएकोमा आफै विरोध गर्ने ओलीले अहिले महिनाकै दुई करोड आफ्ना आफन्तहरुलाई बाढिरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com