बैंकले छैन भन्ने यस्ता फुटपाथसम्म पुर्याएर नयाँ नोटमा १०% कमिसन !


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

शुक्रबार हामी यी दृष्य प्रत्यक्ष रुपमा आँखाले देख्दा अति नै चकित भयौँ । अब त हुँदा हुँदा यस्ता कुरामा समेत कमिसन । नेपाल राष्ट्र बैंकले सर्बसाधारणलाई बाँड्न नयाँ नोट बैकहरुलाई पठायो ।

निश्चित सिमा तोकेरमा मात्र नयाँ नोट बैकहरुमा पठाईयो । तर यस्तो समस्या देखियो की बैकहरुमा नयाँ नोट लिन जाँदा कतै छैन भनियो त कतै निक्कै लामो समय लगाईदिने झन्जट दिएर ठूलो लाईन बनाईदिने अवस्था देखियो ।

तर काठमाडौका अधिकांश फुटपाथमा हेर्दा त्यहाँ कुनै बस्तु तथा सामान बिक्रि गरे जसरी नै नयाँ नोट खरिद बिक्रि भइरहेको थियो । त्योपनि १० प्रतिशत कमिसनमा ।

आज जमलको फुटपाथमा देखिएको तस्विर हो यो । तपाईले प्रष्ट देख्न सक्नुहुन्छ । यहाँ १० प्रतिशत कमिसन दिएर जनता नयाँ नोट लिन तयार थिए । बैकमा अभाव नहुँदो हो त या सहज लिन पाईने अवस्था थियो त यो फुटपाथमा नयाँ नोट लिनेको भिड किन लाग्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हे सरकार यो कमिसन खोरी, घुसखोकी कहिले अन्त्य हुन्छ । हेर्दा सामान्य लाग्छ । तर यही हो यो देश बर्वाद गर्ने क्यान्सर भन्दा घातक रोग ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com