दसैंको बेलामा नुवाकोटबाट रुहाउने खबर


प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार

नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्गा गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ आईरहेको बा१ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान १० बजे दुर्घटना भएको हो ।

घाइतेहरुको उद्धार गरेर बिदुर अस्पतालमा ल्याइएको छ । बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आइरहेको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com