नेपालमा ८ रेक्टर स्केलको भूकम्प जान्छ : बेलायती पत्रिका


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

एक बेलायती पत्रिकाले नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने समाचार छापेपनि एक नेपाली भूकम्पविद्ले भूकम्पको बारेमा ठोकुवा गर्न नसकिने बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रमा कार्यरत भूकम्पविद् भरत कोइरालाले भूकम्पका बारेमा ठोकुवा गर्न नमिल्ने बताएका हुन् ।

‘नेपालमा भूकम्प जाने सम्भावना जहिल्यै छ । नेपालमा मात्रै होइन, अफगानस्तानदेखि पश्चिम बर्मासम्म जुनसुकै बेला भूकम्प जानसक्छ । नेपालमा यत्रो–उत्रो जान्छ र कहिले जान्छ भनेर भने भन्न सकिँदैन,’ उनले भने, ‘त्यसैले सर्वसाधारणले आत्तिनुपर्दैन तर सचेत भने बन्नुपर्छ । गोरखादेखि दोलखासम्मको एरियामा ठूलो भुइँचालो जाने सम्भावना कम छ तर अन्य क्षेत्रमा भने भूकम्प जाने सम्भावना रहन्छ नै ।’

कोइरालाका अनुसार बर्मादेखि अफगानिस्तानसम्म २५ सय किलोमिटर भूभागमध्ये ८०० किमि क्षेत्रमा नेपाल पर्छ र त्यसैले ठूलो भूकम्प गइहाल्यो भने क्षतिको एक तिहाई नेपालमा पर्ने सम्भावना रहन्छ ‘किनकि उक्त २५ सय किमि भूभागमा जमिनलाई अँठ्याइरहेका इन्डियन प्लेट र युरेसियन प्लेट छ,’ उनले बताए, ‘तर यिनीहरू एक आपसमा मिलेका छैनन् । यिनीहरू जुधेमा भूकम्प जाने हो । त्यो सम्भावना जहिल्यै छ ।’

‘नेभादा विश्वविद्यालय, अमेरिकाका भूगर्भशास्त्रका प्रोफेसर प्रोफेसर स्टिभ लगायतले नेपाल आएर गरेको अध्ययन’को हवाला दिँदै दुई दिनअघि बेलायती पत्रिकाको डेली मेलको अनलाइन संस्करणले काठमाडौं तथा नेपालको हिमालय क्षेत्रमा गत वर्षको भन्दा शक्तिशाली (८ रेक्टरभन्दा बढी)आउन सक्ने सम्भावनाबारे औंल्याएको थियो । -लोकान्तर

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com