धादिङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

धादिङ समाज अमेरिकाको प्रथम अधिवेशनले अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै समितिको उपाध्यक्ष भक्त गुरुङ र उर्मिला श्रेष्ठ चयन भएका छन्, भने महासचिवमा बिकास कँडेल, सचिव बिनोद रुवाली र कोषाध्यक्ष राम खतिवडा चयन भएका हुन् ।

यसैगरी बोर्ड सदस्यहरुमा पुष्पराज खतिवडा, टक बहादुर रुवाली, गणेश लम्साल भुवन सिमखडा, कमल दवाडी, कुमार घले, नारायण चन्द्र सुवेदी, राम मल्ल ठकुरी, निरज कुमार अमात्य, रामचन्द्र कोइराला, उत्तम धमला, शम्भु कडरिया चयन भएका छन् । यस्तै अन्य तिन जना सदस्य पछि थप गरिने जानकारी दिइएको छ ।

कुलप्रसाद गौलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुतावासका वाणिज्य दुत कृशु क्षेत्री, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लाक्यन लामा, तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ लगायतले बोलेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com