गणेश थापाले एन्फामा बुझाए १५ लाख


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व अध्यक्ष गणेश थापाले १५ लाखको पेश्की रकम फर्छ्योट गरेका छन् । उनले बंगलादेशी फुटबल संघको नाममा लिएको १५ लाख रुपैयाँ थापाले फछर्योट गरेका हुन् ।

थापाले आफ्ना प्रतिनिधि मार्फत नगद १५ लाख रुपैयाँ एन्फाले जनाएको छ ।

पछिल्लो आर्थिक रिपोर्ट अनुसार एन्फामा करिब साढे ३ करोड रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न व्यक्ति र जिल्ला फुटबल संघले लिएको रकम फछर्योट नगर्दा ठुलो रकमको बेरुजु एन्फाभित्र देखिएको हो ।

काम सकिएको ३५ दिनभित्र फर्छ्योट गर्नुपर्ने रकम अझैपनि धेरै जिल्ला फुटबल संघ र सम्बद्ध अधिकारीले गरेका छैनन् ।

बेरुजु रकम फर्छ्योटमा एन्फाले वर्तमान नयाँ कार्यसमिति उदाशिनता देखाउदै आएको थियो । रकम फर्छ्योट गर्न समिति गठन गर्ने बताएको एन्फाले अझैसम्म काम अघि बढाउन सकेको छैन ।

एन्फाको पछिल्लो रिपोर्ट अनुसार एएफसीबाट २ लाख १० हजार, फिफाबाट १ करोड ८४ लाख र एन्फाबाट लिईएको करिब २ करोड १७ लाख रुपैयाँको पेश्की अझै फर्छ्योट हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com