यी हुन् मध्यराती जुवाखालबाट समातिने जुवाडेहरु ! (नामावलीसहित)


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

काठमाण्डुको मुलपानीस्थित एक जुवा खालमा शुक्रवार राती प्रहरीले छापा मारेर २३ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुबाट डिएसपी होविन्द्र बोगटीको नेत्रृत्वमा खटिएको सादा पोशाकका प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा झ्यालबाट हाम्फालेर भाग्ने क्रममा दुई जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपन बस्ने सरोज घले र सिन्धुपाल्चोकको सिम्पलकाफ्ले–६ स्थायी घर भएका सोम लाल तामाङ रहेका छन् ।

मुलपानीको एक घरमा लामो समयदेखि ‘भीआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राती १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिरी च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी हुन् पक्राउ पर्ने ब्यक्तिहरुः

१. दीपक तामाङ, सिन्धुपाल्चोक
२. ग्यासन लामा, सिन्धुपाल्चोक
३. नेम दोर्जे तामाङ, सिन्धुपाल्चोक
४. सुब्बा शेर्पा, सिन्धुपाल्चोक
५. विष्णु श्रेष्ठ, सिन्धुपाल्चोक
६. पवन रानामगर, हेटौंडा
७. सर्मिला खड्का, मकवानपुर
८. डेण्डु शेर्पा, दोलखा
९. लाक्पा शेर्पा, चावहिल
१०. उमेश लामा, सर्लाही
११. राजकुमार बुढाथोकी, रामेछाप
१२. केशर बहादुर गोले, ललितपुर
१३. श्रीकाजी तामाङ, सिन्धुपाल्चोक
१४. रवि थिङ, सिन्धुपाल्चोक
१५. मंगले तामाङ, सिन्धुपाल्चोक
१६. फुर्वा शेर्पा, सिन्धुपाल्चोक
१७. कृष्ण वि.क., धादिङ
१८. रेशम विश्वकर्मा, धादिङ
१९. कृष्ण बहादुर सुनार, धादिङ
२०. टेण्डु शेर्पा, दोलखा
२१. बुद्ध तामाङ, रामेछाप
२२. कुवेर सिंह थिङ, मकवानपुर
२३. दोर्जे घिसिङ, सिन्धुपाल्चोक

हुमा गुरुङ लगायत ४ जना महिलाहरुको सक्रियतामा सञ्चातिल उक्त जुवाअड्डाका घरधनी तेण्डु शेर्पालाई जुवा खेलाउन दिए बापत मोटो रकम दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले जुवाडेहरुको मोटरसाइकल र गाडी समेत बरामद गरेको छ । प्रहरीले जुवा खालबाट कौडा, तास, मदिराका बोतलसहित खुकुरी र तरबार समेत बरामद गरेको जानकारी दिएको छ ।

खालबाट ४ लाख ५८ हजार नगद बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com