नारायणीमा पौडी खेल्न गएका बालक बेपत्ता
प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार
नारायणी नदिमा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर १ पोखरा बसपार्क नजिक नारायणी नदि किनारमा पौडी खेल्न गएका भरतपुर २ का १० बर्षिय राजन भट्टराई ब्यपत्ता भएका हुन् । भानु माविमा कक्षा ४ मा अध्ययनरत भट्टराई शुक्रवारदेखि बेपत्ता भएका हुन् ।
बालक हराएको थाहा पाएपछि परिवारले शुक्रबार अन्य क्षेत्रमा सोधखोज गरेको र शनिवार मात्र प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले आज बालकको ब्याग र सर्ट नदि किनारमा फेला पारेको छ । बेपत्ता बालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।






