काठमाडौंको ‘भीआईपी जुवा अखडा’मा प्रहरी छापा, ४ तलाबाट हाम्फाल्दा दुईजनाको मृत्यु


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् ।

प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘एक महिला सहित २३ जना पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको छ ।’

मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।

बाहिरबाट च्यानल गेटमा ताला लगाएर सञ्चालन हुने उक्त जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाईंदै आएको बताईएको छ ।

लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम राईले उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राईको संरक्षणमा जुवा अखडा चलेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाटै खटिएको प्रहरी टोलीले उक्त जुवा अखडामा छापा मारेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com