राजधानी छिर्न ४५ किलोेमिटर जाम


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

संघीय राजधानी काठमाडौं छिर्न कति समय लाग्ला ? जाम कति पर्ला ? काठमाडौं आउने सबैको पिरलो छ ।

यतिमात्रै होइन, चितवनको भरतपुरबाट काठमाडौं आउने क्रममा नौबिसे नागढुंगा जाममा घन्टौँ समय लागेपछि त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने क्रममा एम्बुलेन्समै रहेकी बिरामी ५५ वर्षीय रजनी चौधरीको बाटोमै मृत्यु भयो ।

काठमाडौंको दुई किलोमिटर सडक बनाउने बहानामा बढेको जाम नागढुंगादेखि ४५ किलोमिटर पर सिम्ले बजारसम्म हुन थालेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार, कम्तीमा नौ घण्टा जाममा यात्रुले बस्नु परेको छ । बिरामीको अवस्था झन खराब बन्ने गरेको छ । काठमाडौंमा दैनिक कुखुरा ढुवानी गर्ने व्यवसायी सबैभन्दा मारमा परेका छन् । दुई वर्षमा पनि दुई किलोमिटर सडक नबन्दा बढेको जामका कारण समस्या भएको छ । बिरामीले बाटोमै ज्यान गुमाउने बाध्यता बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com