सासुले मृगौला दिएर बुहारीको ज्यान बचाइन्, बुहारी भन्छिन -७ जन्मसम्म यही सासुको बुहारी बन्छु


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

सासुबुहारीको झगडाको बारेमा त धेरै सुन्नुभएको होला तर केही सासुबुहारी यस्ता पनि छन् जसको प्रेम संसारको लागि उदाहरणीय हुन्छ । यस्तै एक सासुले आफ्नी बुहारीको ज्यान बचाउनको लागि आफ्नो मृगौला दिइन् । जबकि बुहारीकी आफ्नै आमा (उनकी सम्धिनी)ले भने छोरीको ज्यान बचाउनको लागि आफ्नो एउटा मृगौला दिन अस्वीकार गरेकी थिइन् । राजस्थानको गान्धीनगरकी सासु गेनी देवीले बुहारीको ज्यान बचाउन आफ्नो मृगौला दिइन् । बुहारी सोनिकाले यसअघि आफ्नी आमालाई मृगौला दिन आग्रह गरेकी थिइन् । तर आमाले अस्वीकार गरिन् । आमाले अस्वीकार गरेपछि सोनिका रुन थालिन् ।

बुहारी रोएको देखेर सासुले भनिन् ‘नरोउ छोरी । तिमीलाई मृगौला म दिन्छु । म अझै जिउँदै छु ।’ अन्ततः सासुले आफ्नो मृगौला दिएर बुहारीको ज्यान बचाइन् । बुहारीका दुवै मृगौला खराब भइसकेका थिए । विगत एक वर्षदेखि सोनिका मेटिकेशनको सहयोगमा बाँचिरहेकी थिइन् । उनको अवस्था गम्भीर भइसकेको थियो । अब सोनिकासँग दुई विकल्प मात्र थिए । पहिलो नयाँ स्वस्थ मृगौला प्रत्यारोपण गर्ने र दोस्रो बाँच्दासम्म जीवनभर डायलासिस गराइरहने । डायलासिसले निकै छोटो अवधिको लागि मात्र बचाउन सकिन्थ्यो । अन्ततः उनलाई पूरै आयु बचाउन मृगौला प्रत्यारोपण नै उकमात्र उपाय थियो ।

सुरुमा सोनिकाले मृगौला दानको लागि आफ्नी आमा भंवरी देवीलाई भनेकी थिइन् । तर आमाले छोरीको कुरा अस्वीकार गरिन् । अन्ततः सासुले हिम्मत देखाइन् र उनले बुहारीलाई मृगौला दिन तयार भइन् । १३ सेप्टेम्बरमा दिल्लीको अपोलो अस्पतालमा सासुको एउटा मृगौला बुहारीलाई प्रत्यारोपण गरियो । अब सोनिका स्वस्थ छिन् । उनले ठिक भएपछि ७ जन्मसम्म यही सासुको बुहारी बनाउन भगवानसँग आग्रह गरिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com