आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी !


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ ।

नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।

ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ ।

तस्करीमा संलग्न रहेको अभियोगमा ट्याँकर चालक बाराको जितपुर सिमनाका ३८ बर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।

ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com