ऋषि कपूरकी आमा कृष्णाराजको निधन, शोकमा बलिउड


प्रकाशित मिति : आश्विन १६, २०७५ मंगलबार

बलिउडका दिग्गज अभिनेता राज कपूरकी पत्नी कृष्णा राज कपूरको ८७ वर्षको सोमबार विहान निधन भएको छ। कृष्णालाई श्वासप्रश्वासमा समस्या थियो।

कृष्णाको निधनको खबरसँगै बलिउड शोकमा डुबेको छ। आमिर खान, करन जोहर, फराह खान, मनिषा कोइराला, अनुपम खेर, ऋतिक रोशन लगायत कलाकारले सामाजिक सञ्जालमार्फत कृष्णालाई सम्झिँदै श्रद्धाञ्जलि दिइरहेका छन्।

कृष्णा कपूर परिवारकी सिनियर अभिभावक थिइन्। बलिउडमा कपूर परिवारको ठूलो योगदान छ। उनका छोरा ऋषि कपुर, नाति रणवीर कपुर र नातिनी करिना कपुर लगायत बलिउडमा चर्चित छन्।

उनको आजै साँझ साढे ५ बजे दाहसंस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com