निर्मला हत्याकाण्डबारे चर्चित नायिका मनिषा कोइरालाको यस्तो प्रतिक्रिया


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकाललाई निर्देशन दिएका छन्।

कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको दाबी समेत गरे।आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ लाई काठमाडौंमा उद्घाटन गर्दै उनले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी गरेका हुन्।

कार्यबहाक प्रधानमन्त्री पोखरेलले समाजमा रहेका असमानता अन्त्य गरी बालिका तथा किशोरीमाथि लगानी गरेर उनीहरुमाथि भइरहेको बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास व्यक्त गरे।कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनिकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन्।उनले परम्परागत सामन्ति सोचका कारण महिला तथा बालिका बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटनाको शिकार हुनु परेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न समाजका सबै पक्ष उत्तिकै सक्रिय हुनुपर्ने बताइन्।

चर्चित अभिनेत्री मनिषा कोइरालाले शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना घटिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न उनीहरुको शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याइन्‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com