अभिनेत्री ताराको गोली हानी हत्या
प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार
इराकको बगदादमा एक नायिकाको गोली हानी हत्या गरिएको छ । इंस्टाग्राम मोडल तारा फारिसको गोली प्रहार गरेर हत्या गरिएको हो ।
२० वर्षीया मोडल तारा ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनलाई आफ्नै कारमा बसेका बेला गोली प्रहार भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको इराकको गृह मन्त्रालयले जनाएको ।
उनको सुन्दरता र आकर्षक जीवनशैलीका कारण चरमपंथिले निशाना बनाएको बताइएको छ । मोडल ताराको इंस्टाग्राममा २७ लाख भन्दा बढी फलोअर्स छन् । हालै उनलाई इराकको सामाजिक सञ्जालमा सबै भन्दा चर्चित हस्तीका रुपमा सम्मान गरिएको थियो ।