एसिड आक्रमणमा परेकी वसन्तीका श्रीमानले रुँदै भने, ‘मेरी श्रीमतीलाई बचाइदिनुहोस्’
प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार
एसिड आक्रममा परी गम्भीर अवस्था उपचार गराइरहेकी वसन्ती पयिारका श्रीमानले आफ्नी श्रीमतीलाई बचाइदिन सबैसँग आह्वान गरका छन् । एसिड आक्रमणमा परेर गम्भीर अवस्थामा आइसियूमा उपचार गराइरहेकी वसनती परियारको श्रीमान यमनारायण परियारले यस्तो आह्वान गरेका हुन् ।
नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ निवासी यमनारायण परियारको श्रीमतीमाथी गत सोमबार एसिड प्रहार भएको हो । उनकै छिमेकी बीमल श्रीपालीले एसिड आक्रमण गरेका थिए । वसन्तीलाई एसिड आक्रमण गरी गम्भीर घाइते बनाएपछि श्रीपालीले प्रहरी समक्ष आत्मसमर्पण समेत गरेका छन् ।
गम्भीर अवस्थामा रहेकी श्रीमतीको उपचारको लागि आर्थिक अभाव भएपछि यमनारायणले सहयोगको अपेक्षा गरेका हुन् । पटकपटक विदेश गएर कमाएको पैसा सबै उपचारमा सकिएको बताउँदै उनले काठमाण्डौमा लगेर उपचार गर्न सम्भव नभएको बताए ।
वसन्तीको अहिले चितवनको भरतपुरमा उपचार भइरहेको छ । चितवनबाट काठमाण्डौ ल्याएर उपचार गरेको खण्डमा आफ्नो श्रीमतीलाई बचाउन सकिने यमनारयणको भरोस छ । तर आर्थिक अभाव हुँदा उनले काठमाण्डौ ल्याएर उपचार गर्न भने सकेका छैनन् ।