इण्डोनेशियामा भूकम्पपछि आएको सुनामीबाट ३ सय ८० को मृत्यु
प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/09/Screenshot_20180929-172728_Facebook.jpg?fit=958%2C546&ssl=1)
इण्डोनेशियाको तटीय शहरमा ७.५ म्याग्निच्यूडको भूकम्पपश्चात शुक्रवार आएको शक्तिशाली सुनामीले ३ सय ८० भन्दा बढी मानिसको ज्यान गएको छ।
तीन मिटरसम्म उचाइको सुनामीको छाल सुलावेसी टापु हुँदै पालु शहर आएको थियो।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा मानिसहरू आत्तिएर चिच्याइरहेको अनि भागिरहेको देखिन्छ। एउटा मस्जिदमा पनि क्षति पुगेको देखिन्छ।
शक्तिशाली परकम्पले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको छ।