कास्की प्रहरी प्रमुख जसले श्रेयाको हत्यारालाई केही घन्टामै पाता कसे
प्रकाशित मिति : आश्विन १२, २०७५ शुक्रबार
कञ्चनपुरकी निर्मला पन्तको बल्तकारपछि हत्या भएको २ महिना भन्दा बढी समय वितिसक्दा पनि अहिलेसम्म हत्यारा को हो भनि पहिचान हुन सकेको छैन ।
त्यही प्रकृतिको घटना पोखरामा पनि केहीदिन अघि घट्न पुग्यो ।
पोखराका प्रहरी प्रमुखले यस्तो जघन्य अपराध गर्ने अपराधीलाई घटना घटेको केही घन्टाभित्रै पक्रिन सफल भए । उनको यो कदमको चारैतिर प्रशंसा भैरहेको छ ।
सामाजिक सञ्जालमा पोखराको प्रहरी प्रमुख डिबी रानाको तस्विर राख्दै प्रयोगकर्ताहरुले यस्तै नेपाल प्रहरी हामीलाइ खाँचो छ भन्दै लेखिरहेका छन् ।
तीनै तस्विरहरुमध्ये हामीले पर्वतका झलक प्रसाद शर्मा पौडेलले राखेको तस्विर र फेसबुक स्टाट्स यहाँ राखेका छौं । उनले फेसबुकमा पोखराको प्रहरी प्रमुख डिबी रानाको तस्विर राख्दै यस्तो लेखेका छन् ।
“निर्मला पन्तको बलत्कार पछिको हत्याको जघन्य अपराधको २ महिना भन्दा बढि समय बित्दा पनि अपराधी पत्ता नलगाईएको र तड्पिएको उनको आत्मा अनि उनका बाबुआमाको बिक्षिप्त मन भएको अवस्थामा सोही प्रकृतिको जघन्य अपराधको अपराधीलाई केही घण्टाभित्रै पक्रन सफल भएकोमा कास्की प्रहरी प्रहरी प्रमुख ओम बहादुर राना र यहाँको सहयोगी टिमलाई धन्यवाद् अनि नमन!
यहाँका आगामी दिनहरु अझै सशक्त रुपमा सफल हुन सकुन र प्रहरीको छवि अझै उँचो बन्न सकोस ! “