भारतमा अब बिहेपछिको सम्बन्ध अपराध होइन


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

भारतको सर्वोच्च अदालतले विवाहेतर सम्बन्धलाई अपराध मान्ने पुरानो कानुन असंवैधानिक ठहर गरेको छ। १५८ वर्ष पुरानो अंग्रेजकालीन यो कानुनले बिहेपछि परस्त्री सम्बन्धलाई अवैध ठहर गरेको थियो।

कुनै पुरुषले अर्काकी श्रीमतीसँग यौनसम्बन्ध राखे त्यसलाई ‘परस्त्रीगमन’ भन्दै दण्डनीय मानिन्थ्यो।

यो कानुनअन्तर्गत कति जना कारबाहीमा परे भन्ने अहिलेसम्म तथ्यांक छैन। अंग्रेजकालीन उक्त कानुनले महिला-पुरुषबीच विभेद गरको भन्दै खारेज गर्न सर्वोच्चमा रिट दायर भएको थियो।

सर्वोच्च अदालतले यही महिना खारेज गरेको यो दोस्रो अंग्रेजकालीन कानुन हो। यसअघि समलिंगी सम्बन्धलाई अवैध ठहर गर्ने कानुन पनि खारेज गरेको थियो। समलिंगी कानुन ११७ वर्ष पुरानो थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाहेतर सम्बन्ध अवैध ठहर गर्ने कानुन खारेजीको फैसला गर्दै सर्वोच्चका मुख्य न्यायाधीश दीपक मिश्रले भने, ‘यो भनेको नैतिकताको विषय हो। विवाहेतर सम्बन्धलाई लिएर पतिपत्नीबीच मनमुटाव भए उनीहरू सम्बन्ध विच्छेद गराउन सक्छन्। यसलाई कानुनी अपराधका रुपमा लिनु पर्दैन।’

यो कानुनविरुद्ध गत अगस्ट महिनामा जोशेफ साइन नामका भारतीय व्यापारीले मुद्दा दायर गरेका थिए। ४१ वर्षीय जोशेफ इटाली बस्दै आएका छन्।

‘यो कानुनले विवाहेतर सम्बन्ध राख्ने महिलाबारे भने कुनै उल्लेख गरेको छैन। महिलाहरू कुनै रुपमा पुरुषभन्दा भिन्न हुन्नन्। त्यसैले यो विभेदपूर्ण छ,’ जोशेफको ४५ पाना लामो रिटमा भनिएको छ।

सन् १८६० मा बनेको कानुनअनुसार विवाहेतर सम्बन्ध राख्नेलाई पाँच वर्ष जेल, जरिवाना वा दुवै सजाय हुन सक्थ्यो। अदालतले विवाहेतर सम्बन्ध पारपाचुकेका निम्ति आधार भए पनि अपराध नहुने प्रस्ट पारेको छ।

यसका साथै कुनै पनि महिलाको शरीरमा उनको आफ्नो हक हुने र अरु कसैले कुनै सम्झौता गर्न नपाउने पनि प्रस्ट्याएको छ। कुनै महिलाको पति ‘स्वामी’ नहुने भन्दै अदालतले ‘पवित्रता’ भन्ने कुरा महिला र पुरुष दुवैमा लागू हुने पनि बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com