श्रीमानको दुबै मृगौला फेल, छोरा दुर्लभ रोगबाट ग्रस्त, दिल्लीमा नेपाली परिवारको विचल्ली


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

भनिन्छ दुख पर्दा भगवानले पनि सात छोड्छन् रे । त्यस्तै भएको छ, अर्घाखाँची स्थित बेल्बासे परिवारमा । बाबाको दुबै मृगौला फेल अनि छोरा अनौठो रोगको शिकार।

अर्घाखाँची जिल्ला भूमिकास्थान वार्ड नम्बर-२ निवासी खिमराज बेल्बासेका छ वर्षीय छोरा बिसेष बेल्वासे अनौँठो (अहिले सम्म कै दुर्लभ रोग) रोगको संक्रमणबाट पीडित भएका छन्। उक्त संक्रमणका कारण मुखमा कालो पोतो जस्तै देखिन्छ र कालो मांसपेशी बढ्नुका साथै संक्रमण भएर लारवा निस्कने गरेका छन्।

उपचारको शिलशिलामा नेपाल सुपर स्पेशलिटी अस्पतालदेखि रिसर्च सेन्टरसम्म लाखौँ रुपियाँ खर्चगरी सकेका छन् तर पनि कुनै राहत मिलेको छैन्।

पटक पटक सर्जरी र औषधिले रोगमा कुनै राहत मिलेन्, साथै डाक्टर भन्छन् यसकिसिमको दुर्लभ रोग नेपालमा पहिलो पटक पत्ता लागेको हो र यसको नेपालमा उपचार सम्भव छैन। उनका परिवारले भने, तिन वर्ष पहिला छालामा हल्का फुर्सो जस्तो देखिन लागेको हो तर गत एक वर्षमा यसले बिकराल रुप धारण गरेको छ।

भनिन्छ, दुखको पहाड आउँदा चारैतिरबाट आउछ, छोराको स्थिति दिनप्रतिदीन नाजुक हुँदै गइरहेको र घर चलाउने एकमात्र सदस्य खिमराज बेल्बासे एक्कासी दुबै मृगौला फेल भएपछि घरको स्थिति नै नाजुक भएको हो। केही महिना अघि उनको मृगौला प्रत्यारोपणका क्रममा २०/२२ लाख जति खर्च भएको परिवारले बताउछन्।

यतिखेर खिमराज बेल्बासे दिल्लीको कोठीमा खान बनाउने कार्य गरिरहेका छन्। उपचारका लागि निरन्तररुपमा आस्पतालको दौड-धूपमा छन्। उनकी श्रीमती बिमला छोराको उपचारका लागि १० दिन अघि नेपालबाट दिल्ली आएकी छिन्।

श्रीमानको आर्थिक अवस्था नाजुक, छोरालाई निरन्तररुपमा अस्पताल लैजानु पर्ने, घरमा बिहान बेलुकी हात मुख जोर्न समेत धौ-धौ भएका कारण छोराको उपचारका लागि समस्या भएको बिमलाको गुनासो छ।

उपचारका लागि आफन्त, संघ संस्थाका साथै विभिन्न देशमा रहेका नेपालीबाट सहयोग प्राप्त भइरहेको भएपछि उपचार खर्च बढी हुँदा पूर्ण रुपमा उनको स्वास्थ्य उपचार हुन नसकेको बिमला बताउछिन्।

अहिले उनको राजधानी दिल्लीको ऑल इंडिया इंस्टीच्यूट आफ मेडिकल साइन्समा उपचार चलिरहेको छ। डाक्टरले प्राथमिक उपचारका क्रममा उनलाई जेंरेटिकको समस्या भएको बताएका छन्। यसको उपचार लामो समयसम्म चल्ने र यो निकै दुर्लभ रोग भएका कारण लाखौमा एक दुर्इ जनालाई मात्र हुने डाक्टरले बताएका छन्।

प्रवासको वातावरणमा लामो अवधिको उपचार, एक मात्र छोरो, श्रीमान आफैँ विरामी जसका कारण परिवारको बिचल्ली भएको छ। पीडितकी आमा बिमलाले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाइदिन सबैलाई अपिल गरेकी छिन्।

दिल्लीमा नेपाली देश भक्त आवाज, अर्जुन थापा र सचिन पाण्डे (समाजसेवी अर्घाखाँची) द्वारा ‘विशेष बेल्बासे बचाउ’ अभियान चलाएका छन्। भारत सहित गल्फ़बाट सहायता गर्न चाहेमा अर्जुन थापालाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै पीडितकी आमाको अकाउँट नम्बरमा पनि प्रत्यक्ष रकम ट्रासफर गर्न सक्नुहुनेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com