Follow @khasokhasmag

निर्घात कुटेर श्रीमानले लिए श्रीमतीको ज्यान


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

बाँके जिल्लामा मदिराको उन्मादमा श्रीमानले निर्घात कुटेर श्रीमतीको ज्यान लिएका छन् ।  सोमबार राती सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीय प्रेम गिरीले २९ वर्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउकोमा प्रहार गरी ज्यान लिएका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ्ग अस्पतालमा उपचार्थ भर्ना गरिएकोमा आज बिहान ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । त्यसरात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका गिरीको खोजी भैरहेकोे एसपी पौड्यालले  जानकारी दिए ।

अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र  मोटो–घाटो शरीर भएका उनलाई  देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचना दिन समेत प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् ।  उनी भारततर्फ  छिरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

कोहोलपुर क्षेत्रमा बसोबास गर्ने उनी स्थायीबासी हुन वा डेरा गरी बसेका हुन् यसबारे  अनुसन्धान भई रहेको समेत एसपी पौड्यालले बताए ।  उनका दुई सन्तान समेत रहेका छन् । बाबु फरार र आमाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com