जापानमा सात दिनमै हुने काम नेपालमा सात वर्षमा पनि किन हुँदैन ?
प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार
हामी नेपालीले विदेशबाट थुप्रै कुरा सिक्यौं । राम्रा थोरै र नराम्रा निक्कै धेरै । जापान भ्रमणका क्रममा हाम्रो टिमले जापानका नागरिक तथा सरकारले सार्वजनिक सेवा लागि दिने प्राथमिकतालाई नजिकबाट नियाल्ने प्रयास गरेका छ । उदाहरणका लागि जापानले सात दिनमा निर्माण गरेरको सडक र नेपालले सात वर्षमा निर्माण गर्न नसकेको सडकको तुलाना गर्दछौं ।
यो जापानको फुकुवका स्थित व्यस्त सडक २०१६ नोभेम्बर ८ को दिन ठुलो क्षेत्र एक्कासी भासियो । पानी, बिजुली, टेलिफोन, इन्टरनेटदेखि ढल नाली सबै सडक मुनिबाट बनाइएको थियो । सडक नै भासिएपछि शहरको उक्त क्षेत्रमा यि सबै सुविधाहरुमा असर प¥यो । त्यसबाहेक व्यस्त सडकको सवारी नै ठप्प भयो ।
मध्य शहरको सडक यति ठुलो गरि भासिएपछि तत्काल बनाउनु त्यति सहज थिएन तर जापान सरकारले त्यस स्थानमा दिन रात नभनी दक्ष जनशक्ति र मेशिनहरु प्रयोग ग¥यो कि एक सातामा सडक जस्ताको तेस्तै भयो ।
यो निर्माण सरकारी पक्ष तदारुकता र नागरिकको सर्पोट पनि बराबर देखियो । र अब करिब सात वर्षदेखि नै अलपत्र हाम्रा केही संरचना हेर्नुहोस् । कंलकी नागढुङ सडक खण्डको अहिलेको अवस्था हेर्नुहोस् ।
१३ किलोमीटरमा १३ सय बढी मुद्धा झेलिरहेको यो सडक कहिले बन्छ कसैलाई थाहा छैन । यातायात मन्त्री रघुवीर महासेठले १ महिनामा खाल्डा खुल्डी पुर्छु भनेर बचन दिएको २ महिना भयो सडकका खाल्डा जस्ताको तेस्तै भए तर खाल्डा पुर्ने समय मन्त्री ज्युले कात्तिकसम्म लम्ब्याए । कालोपत्रे हुने र सररर् गाडी कुद्ने त कहिले कहिले । अब सोच्नुस हाम्रो कामको गति र जापानको कामको गति ।