नेपालमै सोह्र बर्षकी किशोरीले तिम्ल्याहा बच्चा जन्माइन
प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार
पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् ।
पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिए ।
पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् ।
आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।