Follow @khasokhasmag

मलेसियामा १० नेपालीको मृत्यु


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

मलेसियामा विषाक्त मदिरा पिएर मर्ने नेपालीको संख्या १० पुगेको छ । उपचारका क्रममा रहेका सुकु बल घिसिङ, बिमल कार्की र सर्लाहीका शेरबहादुर ठकुरी एवम् नवलपरासीका दुर्गासिंह रानाको पनि मृत्यु भएको छ ।

यसअघि धादिङका भीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ, पत्थरकोटका आइतसिंह गोलेको मृत्यु भएको थियो ।

विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको अझै उपचार भइरहेको छ । तीमध्ये बाराका राधेश्याम बैठा र खोटाङकी चम्पावती राईको अवस्था गम्भीर छ । १० नेपालीसहित विषाक्त मदिरा सेवनबाट मलेसियामा ३९ जनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com