लुटेरासँग एक्लै भिडेर मालिकको ८० लाख बचाए, मालिकले एउटा टिसर्ट इनाम दिएपछि…


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

हतियारसहित लुट्न आएका लुटेराहरुसँग भिडेर मालिकको ८० लाख बचाउने आफ्ना कर्मचारीलाई मालिकले इनाममा एउटा टिसर्ट दिए । ती कर्मचारीले केही दिनअघि आफ्नै ज्यान जोखिममा पारेर मालिकको ८० लाख बचाएका थिए । ती कर्मचारीलाई लागेको थियो कि मालिक खुसी भएर उनलाई केही लाख नगद दिनेछन् । तर मालिकले मात्रै एउटा टिसर्ट दिएपछि उनी रिसाए । त्यसपछि उनै कर्मचारीले मालिकको ७० लाख रुपैयाँ लिएर भागे । पुलिसले आइतबार ती कर्मचारी र उनका एक साथीलाई पक्राउ गरेको छ ।

धनसिंह बिष्ट नामका ती कर्मचारी दिल्लीको  एक निजी कम्पनीमा पैसा उठाउने काम गर्थे । २७ अगष्टका दिन मालिकले धनसिंहलाई एक ठाउँमा ७० लाख रुपैषँ लिन पठाएका थिए । रकम लिएपछि धनसिंहले आफ्ना साथी याकुब हसनलाई फोन गरे । त्यसपछि यी दुई साथीहरु याकुबको कारमा उत्तराखण्डको नैनिताल भागे । त्यहाँ धनसिंहलाई छोडेर याकुब दिल्ली फर्किए । यसको बदलामा धनसिंहले याकुबलाई ४ लाख रुपैयाँ दिएका थिए ।

पुलिसका अनुसार धनसिंह मालिकसँग रुष्ट थिए । एक पटक धनसिंहले बाहिरबाट उठाएको ८० लाख रुपैयाँ लिएर फर्किंदै थिए बाटोमा केही लुटेराहरुले उनीसँगबाट त्यो पैसा लुट्न खोजे । तर धनसिंहले एक्लै उनीहरुसँग भिडेर पैसा जोगाए । यस क्रममा उनलाई घाँटीमा चोट लागेको थियो । मालिकले उनलाई बहादुरीका लागि कुनै इनाम दिएनन् । यही रिसमा उनले पैसा लिएर भाग्ने योजना बनाएका थिए । बिष्ट १० सेप्टेम्बरमा नैनितालबाट दिल्ली फर्किए । उनले बुराडी क्षेत्रमा १२ लाख रुपैयाँमा एक प्लट र नयाँ मोबाइल किने । उनी दिल्लीको एउटा बिलासी घर भाडामा लिएर बसेका थिए । उनीसँगबाट ५४ लाख बरामद भएको छ । बाँकी पैसाको खोजी भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com