नेपाल र क्यानडाका प्रधानमन्त्रीबीच भेट, दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारी


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच दुईदेशबीचको सम्बन्ध अझ बलियो बनाउनका लागि दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज भएको भेटवार्तामा आफूले नेपालका प्रधानमन्त्री ओलीसँग दुईदेशबीचको सम्बन्ध बलियो बनाउने र प्रजातन्त्र, शुसासन, आर्थिक विकाश, समानता, समावेशीकरणबारे छलफल गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडउले ट्वीटमार्फत जनाउनुभएको छ ।

भेटमा दुईदेशबीचको सम्बन्धका विभिन्न महत्वपूर्ण आयामहरुको पुनरावलोकन गरिएको र विभिन्न बहुपक्षीय विषयहरुमा विचारको आदानप्रदान गरिएको राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्कका तर्फबाट जारी वक्तब्यमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशका प्रधानमन्त्री स्तरमा भेटवार्ता हुने अवसर नजुरेको बताउँदै नेपाललाई निरन्तर सहयोगका लागि क्यानडा सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभयो । भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागी, क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलको सहभागिता रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com