एक साताको लागि विद्यालय बन्द


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

जिल्लामा अधिकाँश विद्यालय एक साताको लागि बन्द गरिएको छ । केही विद्यालय १५ दिनको लागि बन्द भएको छ । शिक्षक सेवा आयोग परीक्षाका कारण विद्यालय बन्द गरिएको हो ।

जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्वद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । लामो समय परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण लोकसेवा आयोगको तयारीमा जुटेका छन् ।

गन्यापधुरा गाउँपालिकाका केही विद्यालय बर्खे तथा जाडो बिदाबाट कटाउने गरी बन्द गरिएको गाउँपालिकाका निमित्त शिक्षा एकाई प्रमुख प्रेमसिंह ऐरले बताउनुभयो ।

आयोगले माविको असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ । पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने भित्रि मधेस र अन्य ठाउँमा वर्षातको बेला बिदा दिइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com