बुटवलको आन्दोलनमा कांग्रेस नजाने, मोर्चाले प्रतिकार गर्ने


प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार

पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव विरुद्धको आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई नेपाली कांग्रेसले निर्देशन दिएको छ। संविधान संशोधन प्रस्तावको विषयमा एमालेले दोहोरो चरित्र देखाउँदै जनता झुक्याउन खोजेको भन्दै आन्दोलनमा सहभागी नहुन कांग्रेसका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले स्थानीय कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले विज्ञप्ति प्रकाशित गर्दै भ्रममा परेर आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘२०७१ कात्तिक १७ गते सात प्रदेशको अवधारणामा लुम्बिनी प्रदेशमा नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा तत्कालीन प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन राप्रपा नेता स्व. सुर्य बहादुर थापा लगायत शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको छ’,विज्ञप्तिमा भनिएको छ,’उक्त समयमा देश विखण्डन भएन भने अहिले आएर के कति कारणले देश विखण्डन हुने, राजनीतिमा अलिकति पनि नैतिकता भएन भने देश र जनता दुवैले दुःख पाउनेछन्, जनता अगाडि दोहोरो चरित्र देखाउन कसैलाई सुहाउदैन।’

यसअघि ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा बुटवलमा संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदेश स्तरीय भेलामा कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले सम्बोधन गरेका थिए भने कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले विरोध सभाको अध्यक्षता गरेका थिए। विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्बोधन गरेका थिए।

रुपन्देही आन्दोलनको मोर्चाले प्रतिकार गर्ने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव सहित बुटवलमा चर्किरहेको आन्दोलनलाई मधेसी मोर्चाले औचित्यहिन भन्दै प्रतिकारमा उत्रने चेतावनी दिएको छ। मधेसी मोर्चा रुपन्देहीले आइतबार पत्रकार सम्मेलनमार्फत आन्दोलने साम्प्रदायिक सद्भाव भड्काएको आरोप लगाएको छ। मोर्चाले आन्दोलन स्थगित गरी जनजीवन सहज बनाउन समेत माग गरेको छ।

पत्रकार सम्मेलनमा मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले एमालेकै सहमतिमा प्रदेश नम्बर २ मा पहाड अल गरिएको भन्दै रुपन्देहीमा आन्दोलन गर्नुको तुक नरहेको बताए। ‘एमालेले मुठभेड निम्त्याउन खोजेको छ’, उनले चेतावनी दिए,’ मधेसी जनताको भावना विपरीतको आन्दोलनको मोर्चाले प्रतिकार गर्छ।’ सडकमै नाचगान, शान्तिपूर्ण प्रदर्शन प्रदेश पाँचका पहाडी जिल्लाहरुलाई अलग बनाउने प्रस्ताव संसदमा दर्ता भएपछि सुरु भएको विरोध प्रदर्शन पाँचौ दिन पनि जारी छ।

एमालेसहितका प्रतिपक्षी दलहरु र विद्यार्थी संगठनहरुको आह्वानमा भएको रुपन्देही बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण आइतबार पनि सवारी साधन चलेनन् भने बजार, उद्योग कलकारखाना विद्यालय ठप्प रहे । बुटवलका मुख्य चोकहरुमा शान्तिपूर्ण धर्ना र सांगितिक कार्यक्रम गरिएका थिए । बेलुका ५ बजेपछि बन्द खुलेको छ । सोमबार बिहान ७ बजेदेखि फेरि बन्द जारी रहने एमाले रुपन्देही अध्यक्ष शिव सुवेदीले जानकारी दिए।  स्रोत थाहाखवर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com