नाचेरै लाखौँ कमाउँदै राहुल शाह, यस्तो छ उनको कमाउने तरिका ( भिडियो )
प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार
राहुल शाह पछिल्लो समयका लोकप्रिय नृत्य कलाकार हुन् । उनी नाचेका र निर्देशन गरेका कभर भिडियोहरु समेत युट्युब ट्रेनडिंगमा पर्ने गर्छन् । राहुल शाहले परिकल्पना, नृत्य तथा निर्देशन गरेको हेमन्त शर्माको बरिखा गीतको म्युजिक भिडियो अहिले युट्युब ट्रेनडिंगमा छ ।
नृत्यलाई रुचीको रुपमा लिने तर आम्दानी हुन नसक्ने भएका कारण करियरको रुपमा लिन सकिन्न भन्ने कुराको लागि राहुल शाह एक उदाहरण हुन् । उनले म्युजिक भिडियोमा आफ्नो सिर्जनात्मक कला पस्किन्छन् , जसले गर्दा दर्शकले उक्त भिडियो मन पराउँछन् । उनको आफ्नै डान्स स्टुडियो छ, जसमा उनले विद्यार्थीहरुलाई निशुल्क प्रशिक्षण समेत दिने गर्छन् ।
राहुल शाहले अब गाडी किन्दैछन् भने अर्को वर्षसम्म उनको महिनामा बीस लाखसम्म कमाउने बन्ने लक्ष्य रहेको छ । राहुलका अनुसार, उनले निशुल्क प्रशिक्षण दिएका विद्यार्थीले उनको लागि निशुल्क काम गरिदिन्छन् , जसले गर्दा भिडियो मेकिङ्गमा धेरै खर्च हुँदैन र पैसा बच्छ । उनको यो आम्दानी नृत्य, निर्देशन, परिकल्पना र भिडियो मेकिङ्गबाट हुनेछ ।