Follow @khasokhasmag

जेलरको हत्या गरी कैदी फरार


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सो क्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।

आइतबार साँझ यो घटना भएको हो । जाबुल प्रान्तको शार ए सफा जिल्लामा अवस्थित यस जेलमा साँझ प्रार्थनामा बसेका कारागारका सुरक्षागार्डको बन्दुक खोसेर ती तालिबानी कैदीले गार्डको हत्या गरेका र अन्य दुई जनालाई घाइते बनाएका प्रान्तीय सरकारका प्रवक्ता गुल इस्लाम सयालले बताए ।

घाइतेमध्ये एक जना प्रतिआतङ्क प्रहरी प्रमुख रहेको सयालले बताए । जेलको स्वागत कक्षलाई आगजनी गरी आक्रमणकारी भने भाग्न सफल भएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com