किन गरे गंगामायाका छोराले पाटन उच्च अदालतमा तोडफोड ?


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

पाटन उच्च अदालतमा आइतबार साँझ तोडफोड भएको छ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादले चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका हुन्।

अचानक आक्रोसमा आएका नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति पुर्‍याएका अदालतका रजिष्टार बाबुराम दाहालले बताएका छन ।

नूरप्रसादले गोरखाको माया घतानीको मुद्दा वारेशमा लिएर आएका रहेछन्। मुद्दा हारेपछि आक्रमणको प्रयास गर्दै तोडफोड गरेको रजिष्टार दाहालले बताए ।

इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेपछि नुरप्रसादलाई नियन्त्रणमा लिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com