भारतका टप र्यापर बादशाह र चर्चित गायिका इन्दिरा जोशीको धमाकेदार प्रस्तुतीले दर्शकलाइ यसरी थाम्न नसकिएपछी (हेर्नुहोस् भिडियो)


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

शनिबार राजधानीको मुटु दरबारमार्ग स्थित स्ट्रिट फेसटिभलको आयोजना भएको थियो । जहाँ भारतबाट आएका टप र्यापर बादशाह लगाएत नेपालकी चर्चित गायिका इन्दिरा जोशी ,एड रे, द एड्ग्य ब्याण्ड र बादशाको साथमा आएकी गायिका आस्था गिलले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।दिउसो २ बजेबाट सुरु भएको म्युजिकल कन्सर्टमा लोकल ब्याण्डले प्रस्तुति दिएका थिए । करिब ३ बजे पश्यात इन्दिरा जोशी , एड रे , पोखराको फेमस ब्याड द एड्ग्य ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए भने करिब ६ बजे पछि किंग अफ बलिउड बादशाहले अन्त्यमा आफ्ना ब्याण्डका सहित विभिन्न गीतसंगीतका साथमा आफ्नो प्रस्तुति दिएका थिए ।

रातो कलरको कपडामा सजिएर आएकी गायिका इन्दिरा जोशीले ‘मेरै अघि मेरी माया अर्कैकी बेहुली, मोटर साइकलमा , उद्रेको चोली जस्ता गीतहरु गाएर हजारौ दर्शकहरुलाई उफारेकी थिइन । उनका हरेक प्रस्तुतिमा दर्शकहरु हो-हल्ला तथा ताली गुन्जिरहेका थिए भने नेपाल आइडलको जजको हैसियतले ‘नेपाल आइडल सिजन २’ को प्रचारप्रसार समेत गर्न पछि परिनन् ।बाकीँ भिडियोमा हेर्नुहोस :

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com